मङ्लबार, बैशाख ४, २०८१

यस्तो छ नेविसङ्घ महाधिवेशनको कार्यतालिका

काठमाडौँ आषाढ २४, पटक पटकको स्थगन पछि आगामी भदौ २९, ३० र ३१ गते सम्पन्न गर्ने भनी मिति तय भएको नेपाल विद्यार्थी सङ्घको ११ औंँ महाधिवेशनको कार्य तालिका  सार्वजनिक गरिएको छ ।नेपाली काँग्रेस विद्यार्थी विभागका प्रमुख नवीन्द्रराज जोशीद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार  नेविसङ्घ केन्द्रीय 10526004_10152569348202329_5518490252402684053_nसमितिको गत आषाढ १ र २ गते सम्पन्न बैठकले महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरी यथासम्भव जिल्ला, विश्वविद्यालय तथा क्याम्पस एकाइलाई अधिवेशन गर्न निर्देशन सहित महाधिवेशन सम्पन्न गर्ने निर्णय गरी काँग्रेसका महामन्त्री एवं निर्देशन समितिका संयोजक प्रकाशमानसिंहसमक्ष अनुमोदनका लागि पेस गरेको थियो ।

  सार्वजनिक कार्यतालिकाअनुसार आगामी साउन १० गते विदेशस्थित सङ्घका जनसम्पर्क समिति र काठमाडौँ उपत्यका क्याम्पस अधिवेशन, श्रावण १८ गते जिल्ला अधिवेशनको नामावली प्रकाशन, साउन २० गते जिल्ला अधिवेशन र स्ववियु नभएका क्याम्पसमा प्रतिनिधि छनोटगरिसक्नु पर्ने उल्लेख रहेको छ । त्यस्तै श्रावण २५ गते सबै जिल्ला तथा क्याम्पसले प्रतिनिधि पठाइसक्ने अन्तिम समय तोकिएको साउन ३० गते अधिवेशन भएका जिल्ला तथा क्याम्पसले प्रतिनिधिको नामावली केन्द्रमा पठाइसक्ने र भदौ ७ गते नामावली प्रकाशन गर्ने मिति रेखा तय गरिएको छ । त्यस्तै गरी भाद्र ९ गते प्रतिनिधिको नामावलीमाथि दाबीविरोध गर्ने र १५ गते छानबिन गरी २० गते अन्तिम नामावली प्रकाशन,भाद्र २९ गते महाधिवेशनको उद्घाटन र   ३० गते बन्द सत्र ३१ गते मतदानको कायक्रम तय गरिएको छ ।