शुक्रबार, चैत्र १६, २०८०

मुलुकका प्रमुख तीन दलको बैठक भारतीय प्रम मोदीको आसन्न भ्रमणमा केन्द्रीत

२६ सभासदको मनोनयन लगायतका एजेन्दा माथि सम्बोधन गरिएन

काठमाडौँ श्रावण १२, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण एवम् मुलुकको तत्काल सम्बोेधन गनु पर्ने मुद्ध अन्र्तगत २६ सभासदको मनोनयन लगायतका विषयमा मुलुकका तीन ठूला दलवीच आज भएको छलफलमा मूल भूत एजेन्दाको अलावा भारतीय प्रम मोदीको आसन्न भ्रमणका सम्बन्धमा विशेष छलफल three partyभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्दै भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सहयोग सम्बन्धीे सम्झौताका लागि सरेकारवाला मन्त्रालयका मन्त्रीलाई समेत आमन्त्रण गरेर भोलि पुनः बैठक बस्ने सहमति भएका काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउँनु भएको छ ।

त्यस्तै बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग गठन गर्ने एवम् संविधान निर्माणका लागि सहमति कायम गर्न राजनीतिक संवाद सहमति समितिमा रहेका शीर्ष नेताहरू रहने एक समिति निर्माण गर्ने विषयमा समेत छलफल गर्दै प्रमुख दलका नेताहरुले संविधान निर्माणका लागि प्रस्तावित कार्यतालिकाअनुरुप कार्य सम्पादन गर्ने र यसको लागि प्रमुख दलका प्रमुख नेताहरू सम्मिलित टोली बनाउँदै नेकपा–माओवादीलाई वार्ताद्वारा संविधान निर्माणमा सहभागी गराउँने विषयमा पनि छलफल गरेको बुझिएको छ ।

यसै वीच प्रमुख दलका नेताहरु भारतीय प्रमको आसन्न भ्रमणकाु सवालमा छलफ गरिरहेकै अवस्थामा सरकार उप्रप्रम एवम गृहमन्त्री बामदेव गौतमले विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरु सङग कुरा गर्दै संविधानसभाका २६ सभासद्को मनोनयन नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्केलगत्तै हुने मनोनयन गरिने बताउँदै सरकार गठन हुनुपूर्व एमाले र काँग्रेसबीच भएकोे सहमति कार्यान्वयनप्रति काँग्रेस गम्भीर रहेको उल्लेख गर्दै उहाँले नयाँ संविधान जारी हुनु अगावै राष्ट्रपति तथा उपराष्ट्रपति अनुमोदन हुने विश्वास व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।