बिहिबार, चैत्र १५, २०८०

माओवादीले राजनीतिकसभाका लागि सरकारसँग छलफल गर्ने

  काठमाडौँ श्रावण ७, नेकपा–माओवादी केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा सर्वपक्षीय cpn-maoistराजनीतिकसभा गर्नेबारे प्रधानमन्त्रीसँग फेरी वार्ता सुरु गर्ने तयारी भएको बताएका छन ।

पार्टी अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री उपचारमा जानुअघि आफूहरूको सर्वपक्षीय राजनीतिकसभा गर्ने सम्बन्धमा छलफल भएपनि उहाँको स्वास्थ्य स्थितीका कारण उक्त छलफल अवरुद्ध भएको भन्दै फेरि छलफललाई अगाडि बढाउँने जानकारी दिदै संविधानसभाअन्तर्गतको संवाद समितिसँग भने आफूहरूले वार्ता नगर्ने प्रष्ट अडान राख्नु भएको छ ।