बिहिबार, चैत्र १५, २०८०

महासङग्रामको प्रिक्वाटरफाइनलबाट स्विट्जरल्याण्ड र अमेरिका बाहिरियो

काठमाडौ आषाढ १८, विश्वकप फुटबल महासङग्रामको गएराती अमेरिका र बेल्जियम वीचको खेल सगसङगै प्रिक्वाटरफाइनलका सवै खेलहरु brazil-2014-world-cup-logo-03सकिएको छ । गएराती भएको खेलमा बेल्जियमले निर्धारित ९० मिनेट गोलरहित बराबरी पछिको अतिरिक्त समयमा अमेरिकालाई २-१ गोल अन्तरमा पराजित गर्दै सुपर आठमा आफ्नो दर्ता गरेको हो । अव बेल्जियमले सुपर आठ अन्र्तगत पहिलोखेल अर्जेन्टिनाविरुद्ध खेल्नेछ । प्रस्तुत खेल शुक्रवार नेपाली समय अनुसार वेलुकी पौने १० वजे हुनेछ ।

त्यस्तै गरि मङगवार राती पौने दशवजे भएको खेलमा अर्जेन्टिना १-० गोल अन्तरमा स्वीट्जरल्यान्डलाइ पन्छाउँदै अन्तिम आठमा प्रवेश गरेको छ कप्तान लियोनल मेसीको उत्कृष्ट पासमा डि मारियाले अतिरिक्त समयको अन्त्यतिर गोल गरेका थिए । यि दुइ  टिमवीचको निर्धारित ९० मिनेटको खेल गोलरहितमा टुंगिएपछि थप गरिएको अतिरिक्त समयमा अर्जेन्टिनाका चर्चित खेलाडि डि मारियाले प्रहार गरेको बलले १ सय १८ औं मिनेटमा जाली चुमेपछि अर्जेन्टिनाको जित संभव भएको थियो ।