काठमाडौँ श्रावण १४, सर्वोच्च अदालतले काठमाडौ महानगरपालिका भित्रका भित्ते लेखन, पर्चा पम्पलेट, विजुलीको पोलमा राखिएका विज्ञापन सामाग्रीहरु हटाउन विपक्षीका नाममा अग्राधिकार सहित परामदेश जारी गरेको छ ।
अधिबक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा गत श्रवण ७ गते काठमाडौँ महानगरपालिका, वातावरण तथा व्यवस्थापन विभाग, विज्ञान तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाउँदै दायर गर्नु भएको रिटमा सुनवाइ गर्दै मा न्यायाधीश चोलेन्द्र शमसेर जवराको एकल इजलासले काठमाडौ महानगरपालिका सहित विभिन्न ८ वटा निकायलाई काठमाडौ शहरलाई सुन्दर बनाउने परिकल्पना अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।
निवेदनमा महानगरपालिका भित्रका भित्ते लेखन, पर्चा पम्पलेट, विजुलीको पोलमा राखिएका विज्ञापन सामग्रीहरु र आकाशे पुलको पर्खालमा रहेका चलचित्र र अन्य विज्ञापन सामग्री हटाउन माग गरिएको थियो ।