बुधबार, बैशाख १२, २०८१

मन्त्रिपरिषद् बैठक: सेवानिवृत दुर्इ पूर्वसचिवलाई नयाँ जिम्मेवारी

 मन्त्रिपरिषद् बैठक  :  भारतीय प्रधानमन्त्री मोदीको  नेपाल भ्रमणको तालिका तय , एजेन्डा र भ्रमण् तालिका भने सार्वजनिक गरिएन

काठमाडौं श्रावण ९, प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-भारत संयुक्त आयोगको बैठकमा cabinate-photoनेपालको तर्फबाट प्रस्तुत गर्ने एजेन्डा तय गर्नुको अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको श्रावण १८ गतेबाट हुने नेपाल भ्रमणको तालिका समेत मन्त्रिपरिषद् बैठकले तय गरेको छ ।

तर बैठक एजेन्डा र भ्रमण् तालिका भने सार्वजनिक गरिएको छैन ।आयोगको बैठकमा सहभागी हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने औपचारिक भ्रमणमा आज साँझ काठमाडौं आइपुग्दैछिन् ।

त्यस्तै, आजको बैठकले सरकारले अर्थ सचिव युवराज भुसाललाई नेपाल प्रशासनकि प्रशिक्षण प्रतिष्ठानको नायव निर्देशकमा र भर्खरै अवकास पाएका सचिव कृष्णहरि बास्कोटालाई उच्चस्तरीय प्रशासनिक सुधार आयोगकोे विज्ञ सदस्यमा नियुक्ति गरेको छ ।  त्यस्तै, शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको टोखा छहरे बाटोबाट सर्वसाधारणलाई आवतजावत गर्दा अबदेखि शुल्क नलाग्ने व्यवस्था मिलाएको सरकारका प्रवक्ता डा। मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ।