बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक: पाँच सचिवले दिएको स्वेच्छिक अवकाशका निवेदन स्विकृत

काठमाडौं श्रावण २, मन्त्रिपरिषद्को आजको बैठकले पाँच सचिवले स्वेच्छिक अवकाशका लागि दिनुभएको निवेदन स्वीकृत गरेको छ । यसरी स्वेच्छिक अवकाशका लागि निवेदन दिने सचिवहरूमा क्रमस प्रतापकुमार पाठक, नथुराम चौधरी, गणेशराज जोशी, सुशीलकुमार घिमिरे र कृष्णहरि बास्कोटाले आजदेखि श्रावण ७ गतेसम्म विभिन्न cabinate-photoमितिदेखि लागू हुने गरी स्वेच्छिक अवकाशका लागि दिनुभएको निवेदनलाई स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले सरकारका तर्फबाट सुदूरपश्चिम ग्रामीण विकास बैंक र नेपाल ग्रामीण विकास बैंकमा सेयर तथा ऋण लगानी गर्ने निर्णय गर्नुको अलावा नेपालको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी क्यानेडेली नागरिक पुबुदु दासानायकेलाई आगामी एक वर्षका लागि दिने निर्णय सहित कमन्युष्ट आन्दोलनकी अगुवा एवम् पूर्वमन्त्री सहाना प्रधानको स्वास्थ्योपचार खर्च बेहोर्न गरिएको प्रतिबद्धताअनुरूप रकम निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन गरेका सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।