शुक्रबार, बैशाख १४, २०८१

भ्रष्ट जिशिअ सहित तीन जनाविरुद्ध मुद्दा दायर

akither ko logoकाठमाडौँ श्रावण ११, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कोषबाट प्राप्त भएको रकम नाम मात्रको  झोले विद्यालयको नाममा खर्च सहित अनियमितता गरेको भन्दै सर्लाहीका तत्कालीन कामु जिल्ला शिक्षा अधिकारीसहित तीन जनाविरुद्ध आज विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा तत्कालीन कामु जिल्ला शिक्षा अधिकारी हेमन्तकुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता यादव र प्रधानाध्यापक जयनारायण यादवको मिलिभगतमा सामुदायिक प्राथमिक विद्यालयको नाममा आव २०६६/६७ देखि २०७०/२०७१ सम्म रु १६ लाख ८८ हजार ९७९ हिनामिना गरेको अनुसन्धानबाट खुलेको जनाउँदै निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम हदैसम्मको सजायको माग दाबी गरिएको जनाइएको छ ।