बिहिबार, बैशाख ६, २०८१

भारतीय प्रधानमन्त्री मोदी तीन दिने भ्रमणका लागि श्रावण १८ गते नेपाल आउने

काठमाडौं श्रावण ८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रावण १८ गते आइतबार नेपाल भ्रमणमा आउने कार्यक्रम लगभग निश्चित भएको छ । स्रोतका अनुसार साउन १८ ModiAndKoiralaगते विशेष विमानमा काठमाडौं आउने मोदी तीन दिनसम्म यहाँ रहने बताइए पनि यसके औपचारिक पुष्टि भने भारतीय विदेशमन्‍त्री सुषमा स्वराजको नेपाल भ्रमरण पछि मात्र निश्चित हुने बताइएको छ । स्वराज नेपालको तीनदिने भ्रमणको लागि  शुक्रबार राजधनी आउँदैछिन् ।

स्रोतका अनुसार भारतीय प्रम मोदी मोदी नेपालको भ्रमणमा आउँदाको विस्तृत विवरण सार्वजनिक नभए पनि श्रावण १९ गते सोमबार पुशतिनाथको दर्शन गर्ने चाहना उनले राखेको बुझिएको छ। ले राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायतसँ‌ग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। साउन २० गते भ्रमण सकेर स्वदेश फर्किने गरी कार्यतालिका बनाइएको बुझिएको छ।