बुधबार, बैशाख १२, २०८१

भष्टवन अधिकृतविरुद्ध मुद्दा दायर, जि.न्या थापा र ना.सु अर्याल घुस लिदै गर्दा पक्राउ

जिल्ला न्यायाधिवक्ता रामकुमार थापा र नायब सुब्बा केदारप्रसाद अर्याल  रु  २५ हजार घुस लिदै गर्दा पक्राउ

काठमाडौँ आषाढ २२ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पक्राउ परेका काभ्रे जिल्ला वन कार्यालयका सहायक वन  logoअधिकृत प्रल्हादप्रसाद धितालविरुद्ध आज  विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । अधिकृत धितालले गत आषाढ ११ गते सेवाग्राहीसँग रुख कटानको स्वीकृति दिने क्रममा रु २० हजार घुस लिँदालिँदको अवस्थामा आयोगको विशेष टोलीले पक्राउ गरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  अभियुक्त धिताललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हदैसम्मको काराबहीको माग गरिएको छ ।

यसैवीच चोरी मुद्दामा पक्राउ परी महानगरीय प्रहरी परिसर हनुमानढोकामा थुनामा रहेका उत्तम खड्काको मुद्दालाई मिलाई दिन्छु भनी जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौका सहायक जिल्ला न्यायाधिवक्ता रामकुमार थापा समेतको मिलेमतोमा नायब सुब्बा केदारप्रसाद अर्यालले सेवाग्राहीसंग रु  २५ हजार घुस लिदै गर्दा  निजहरूलाई आयोगको विशेष टोलीले रकम सहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौ परिसरबाट पक्राउ गरी हिरासतमा लिई थप अनुसन्धान सुरु गरेको अख्तिीयारले जनाएको  छ ।