शुक्रबार, बैशाख ७, २०८१

बाढीका कारण चार सय परिवार विस्थापित

kanchanpur-208x232काठमाडौं श्रावण ५, अविरल वर्षासँगै कञ्चनपुरका नदीमा आएको बाढीका कारण झन्डै ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् । चार दिनदेखिको अविरल वर्षाले गर्दा महाकाली, जोगबुढा र दोदा नदीको बाढीले डुबानमा परी ती परिवार विस्थापनमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार महाकाली नदी र जोगबुढा नदीको बाढीका कारण दोधारा–८ र ९ का १५० परिवार विस्थापनमा परेका छन् । विस्थापित परिवारलाई अम्बिका उच्चमाध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । भीमदत्तनगरपालिका–१० श्रीलङ्का टोलका बाढीको डुबानमा परेका ५० परिवारको उद्धार गरी महाकाली निमावि तुम्डानीमा बस्ने व्यवस्था परेको जिल्ला प्रहरी कार्यालयलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । वर्षा र नदीको बाढीको पानीका कारण भीमदत्तनगरपालिका–४, ५, ६, ७, ९, १०, ११, १२, १५, १८ र १९ सुडाको क्षेत्र दुवानमा परेको बुझिएको छ ।