शुक्रबार, चैत्र १६, २०८०

बर्षा, प्रेम र झरीको सङगम रहने श्रावणमा हरियो साडी चुरा र मेहेन्दी (फोटो फिचर)

काठमाडौँ श्रावण १२, धार्मिक दृष्टिले श्रावण महिना आफैमा पवित्र महिना मानिन्छ। त्यसमा पनि श्रावणको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले श्रावण महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर श्रावणे सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ ।

_MG_0062त्यस्तै धार्मिक दस्तावेजमा वर्णित अख्यान हेर्ने हो भने पनि पार्वतीले भगवान शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा विावहित महिलाहरुले श्रीमानको भलाइको कामना र त्यस्तै गरि _MG_0306अविवाहितहरुले सुयोग्य वरको मनोकांक्षा सहित श्रावणे सोमवारको ब्रत बस्ने गरेको उल्लेख भएको  पाइन्छ  । श्रावण महिनाको सोमबारका दिन हरियो वस्त्र धारण गरि नजिकको नदीबाट जल बोकेर शिवलिङ्गमा चढाउँदा शिवजी खुसी हुने धर्मिक मान्यता रहेको पाइन्छ ।

 _MG_0093त्यस्तै सोमबारी ब्रतको नामले चिनिएको श्रावण महिनामा भगवान् शिवको मात्र नभएर कृष्ण र राधाको प्रेमको वर्णन समेत विभिन्न धार्मिक ग्रन्थमा गरिएको छ । भगवान् कृष्ण र राधाको प्रेमालापमा श्रावण महिनाको विशिष्ठ महत्व छ । भगवान् कृष्णले राधालाई कदमको रुखको हाङ्गामा डोरी बाँधेर झुलाउने गर्नुहुन्थ्यो भनी उल्लेख गरिएको छ । त्यसकारण राधाकृष्ण मन्दिरमा _MG_0221झुला लगाई राधाकृष्णको मूर्तिराखी झुलाउने गरेको हामी देख्न सक्छौ भने यो महिनामा मैथिली महिलाहरुले विशेष गरि यो महिनामा आफ्नो पतिको दीर्घायुका लागि मधुश्रावनी पर्व मनाउने गर्छन् । नव विवाहित महिलाले १५

_MG_0423

दिनसम्म निरन्तर पूजापाठ गर्दै मनाउने यो पर्वको महत्व अझ पृथक रहेको सम्वद्ध व्यक्तिहरुको अभिमत पाइन्छ । यद्यपी बर्षा, प्रेम र झरीको सँगम रहने श्रावण महिना अन्र्तगत  हिन्दु नारीहरुको  सवालमा धार्मिक आख्यानमा जे जस्ते भाव व्यक्त गरिए पनि    सौभाग्य एबं संस्कृतिको लागि मात्र होइन, फेसनको प्रारुपमा

_MG_00459

भए पनि यो महिनामा हरिया भेषभूषामा सजिएका हरियो चुरा र मेहेन्दी लगाएका महिलाहरु शिव मन्दिरहरु मात्र नभएर शहरबजारमा समेत देख्न पाइन्छ ।  अझ कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउने गरेको पक्षलाई हेर्ने हो भने  यो पक्ष फेसनको रुपमा बढ्दै गएको र फेसनकै कारणबाट भए पनि चाडवाड सङग जोडिएको हाम्रो संस्कृतिको जर्गेनाका लागि केहि सहजता भएको बोध गर्न सकिन्छ । फोटो :   सजिता, ममता, मनिषा र अन्जना ।