शनिबार, बैशाख ८, २०८१

फेवातालमा पौडी खेल्दा डुबेर एक युवकको मृत्यु

pokhara-nepal-and-lake-phewa-tal-p-a-cool-swim-in-lake-phewa-tal (1)पोखरा श्रावण ५, काठमाडौँबाट पोखरा घुम्न जाने क्रममा बढ्दो गर्मीको प्रभावका कारण पोखराको फेवातालमा पौडी खेल्दा डुबेर बेपत्ता भएका काठमाडौँका २४ वर्षीय निखिल शाक्यलाई मृत अवस्थामा तालबाट निकालिएको छ । पौडी खेल्दा डुबेका दुईजनामध्ये अर्का दिनेश कार्कीलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घुम्न आएका छ जनाको समूह आइतबार दिउँसो तालमा पौडी खेल्न गएका थिए ।