बिहिबार, चैत्र १५, २०८०

फिफा बरियता क्रममा नेपाल १६४ औँ स्थानमा

काठमाडौँ श्रावण १ ,फुटबल खेलको सर्वाेच्च निकाय अन्तराष्ट्रिय फुटवल महासङ्घ(फिफा)ले आज सार्वजनिक गरेको बरियता क्रममा विश्वकप विजेता जर्मनी FIFA-logoदोस्रोस्थानबाट सबैभन्दा शीर्ष स्थानमा उक्लिएको छ । केही दिन अघिमात्र ब्राजिलमा सम्पन्न विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै उपाधि हात पारेको जर्मनी कुल १७२४ अंकका साथ शीर्ष स्थानमा पुगेको फिफाको वेभसाईटमा जनाईएको छ ।

त्यसैगरी विश्वकप उपविजेता अर्जेन्टिना १६०६ अंकका साथ दोस्रो स्थानमा छ भने नेदरल्याण्डस् १४९६ अंकका साथ बरियताको तेस्रो स्थानमा छ । नेपाल १६४ औँ स्थानमा रहेको छ,यसअधि पनि नेपाल सोही स्थानमा थियो । फिफाको बरियताअनुसार कोलम्बिया चौथो, बेल्जियम पाँचौं, उरुग्वे छैठौँ, र ब्राजिल यस अघिको चार स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ ।

यस अघिको विश्वविजेता स्पेन सात स्थान तल झरेर आठौँ स्थानमा पुगेको छ भने स्वीट्जरल्याण्ड नवौं र फ्रान्स १० स्थानमा पुगेका छन् । फिफा बरियतामा दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान सबैभन्दा शीर्ष १२९ औँ स्थानमा छ भने त्यसपछि क्रमशः भारत १५१ औँ, माल्दिभ्स १४५ औंँ, बंगलादेश १६३ औँ, पाकिस्तान १६५ औँ, श्रीलंका १७८ औँ र भुटान अन्तिम २०८औँ स्थानमा रहेका छन् ।