शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री कोइराला स्वास्थ्यलाभ गरी आज स्वदेश फर्किए

काठमाडौँ श्रावण ६, प्रधानमन्त्री कोइराला अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सर रोगको उपचारपछि priminiisterस्वास्थ्यलाभ गरी आज एक महिना पछि स्वदेश फर्कनुभएको छ ।

प्रम कोइराला स्वदेश फकर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसङग सषिप्त करा गदै स्वास्थ्योपचारपछि आफूले पूर्ण स्वास्थ्यलाभ गरेको र अब शान्ति र संविधानका कामहरु तीव्र गतिमा अगाडि बढाउने बताउदै अब छिट्टै २६ सभासद् मनोनयन, अन्य महत्वपूर्ण नियुक्तिको काय सुरु गर्ने बताउनु भएको छ ।

साथै प्रधानमन्त्रीका निजी चिकित्सक डा करवीरनाथ योगीले प्रधानमन्त्रीको स्वास्थ्य उपचारका सम्पूर्ण जानकारी गराउँदै रेडियोथेरापी विधिको उपचारपछि फोक्सोमा देखिएको सङ्क्रमण निको भए पनि तीन महिनापछि ‘फलोअपका लागि प्रम कोइराला फेरि अमेरिका जानु पर्ने जानकरी दिनु भएको थियो ।प्रधानमन्त्री कोइरालालाई विमानस्थलमा सभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सुरक्षा निकाय र अन्य सरकारी निकायका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।