बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री कोइराला आज स्वदेश फिर्ति हुँदै

काठमाडौँ श्रावण ६, प्रधानमन्त्री सुशील कोइराला एक महिना लामो उपचार स्वास्थ्य उपचार सकेर आज साझँ स्वदेश फर्कनदै हुनुहुन्छ ।   प्रधानमन्त्री कोइरालालको निजी सचिवालयका अनुसार उहाँ अमेरिकाको मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको उपचार पछि रेडियोथेरापी विधिको उपचार सम्पन्न priminiisterभएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्रीलाई लामो समयदेखि ‘ब्रोङ्काइटिस्’ भएका कारण चिकित्सकको सल्लाहअनुसार फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो । उहाँ गत आषाढ २ गते उपचारका लागि अमेरिका प्रस्थान गर्नुभएको थियो ।