शुक्रबार, बैशाख १४, २०८१

पदाधिकारीको मतगणनामा फेरि रोकियो, पदाधिकारीतर्फ ९६७ मत गणना हुन बाँकी

काठमाडौँ आषाढ ३०, नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनामा अहिले पदाधिकारीको गणना स्थगित गरेर केन्द्रीय सदस्यको गणना UML_Logo_9_th_Congressमात्र अघि बढाइएका निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेल जानकारी दिनु भएको छ ।

पोखरेलका अनुसार पदाधिकारीतर्फ एक हजार ३०० को हाराहारीमा मतगणना भएपनि आज साँझ पदाधिकारीको गणना रोकिएको हो । साँझसम्मको मतगणनामा अध्यक्षका प्रत्याशी माधवकुमार नेपालको ६६६ र केपी शर्मा ६०१ मत प्राप्त गरेको जानकारी दिदै अव पदाधिकारीतर्फ ९६७ मत गणना हुन बाँकी रहेको बताइएको छ।