शुक्रबार, चैत्र १६, २०८०

पत्रकार महासंघ धनकुटालाई साझा सञ्चार नेपालले दिए सोलार

काठमाडौ श्रावण ४,नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई साझा सञ्चार नेपालले सौर्य ऊर्जा प्रदान गरेको छ। प्राप्त समाचारमा उल्ल्ेख भए अनुसार धनकुटा ६ साझा सञ्चार नेपालको कार्यालयमा शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भेषराज कट्टेल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेलाई सोलार fng logo 1हस्तान्तरण गर्नुभएको हो।

सोलार हस्तान्तरण गर्दै साझा सञ्चार नेपालका अध्यक्ष कट्टेल विद्युत् लोडसेडिङ्गको मार खेपिरहेको अवस्थामा पत्रकारह लाई चौबीसै घण्टा सहज रुपमा समाचार सम्प्रेषण गर्न सहज बनाउने उद्देश्यले सोलार प्रदान गरिएको बताउनुभएको थियो ।  त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव विजयसन्तोषी राई, प्रेस चौतारी नेपालका अध्यक्ष सन्तोष रुचाल, नेपाल प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायणकुमार आठपहरियालगायतको उपस्थिती रहेको थियो ।