बिहिबार, बैशाख ६, २०८१

पत्रकार पौड्यालको हत्यामा संलग्नलाई जन्मकैदको फैसला

काठमाडौं आषाढ२५, झापाका पत्रकार यादव पौड्यालको हत्यामा संलग्न तीन जनालाई पुनरावेदन अदालत इलामका न्यायाधीशद्वय उदयप्रकाश yadav_poudelचापागाईं र गुणराज ढुङ्गेलको संयुक्त इजलासले मङ्गलबार जन्मकैदको सजाय सुनाएको छ ।

पौड्यालको हत्यामा संलग्न झापाकै युवराज गिरी, फूलमाया भनिने मञ्जु ढकाल  र सोमनाथ ढकाललाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले हत्यामा संलग्न ठह¥याइएका मदन राईलाई भने छ महिनाको कैद सजाय सुनाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।