शुक्रबार, चैत्र १६, २०८०

नीति तथा कार्यक्रम माथि आजदेखि ब्यवस्थापिका संसदमा छलफल चलाइने

काठमाडौँ आषाढ १७, राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका–संसदको बैठकमा गत आइतवार प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष timthumb_20140318२०७१/०७२ को नीति तथा कार्यक्रम माथि आजदेखि ब्यवस्थापिका संसदमा आजदेखि छलफलको कार्यक्रम सुरु हुने संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले आज र भोली छलफल सकिएपछि सरकारी जवाफ सहित पारित गरिने बताउनुभयो ।

त्यस्तै बैठकमा सभासदहरुले उठाएका प्रश्नको कार्यवाह प्रधानमन्त्री बामेदव गौतमले जवाफ दिने कार्यक्रम रहेको छ । आज व्यवस्थापिका संसदको बैठक बैठक बिहान ११ बजे बोलाइएको छ । नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि यही महिनाको अन्त्यसम्ममा आगामी आर्थिक बर्षको बजेट ल्याउने सरकारको तयारी रहेको छ ।