बिहिबार, बैशाख १३, २०८१

नायक लुइटेल आइटम गर्ल बस्नेतसङग मस्ती गर्दै गरेको अवस्थामा भेटिए

काठमाडौं श्रावण २, नायक जीवन लुइटेल आइटम गर्ल लक्ष्मी बस्नेतसङग एक डान्सबारमा मस्ती गर्दै गरेको अवस्थामा भेटिएका छन् । साउन २३ गतेबाट सार्वजनिक unnamed (1)हुन लागेको चलचित्र ‘शीशा’मा जीवनको यस्तो अवस्थामा भेटिएको हो ।

आर।बी।के।‘शरद’को निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी रहेको छ ।  चलचित्रमा जीवन लुइटेल, निर्मल सेञ्चुरी, उमा बेबी, रागिनी खड्गी, शान्ती गिरी, दीपेश भण्डारीको मुख्य भूमिका छ । यो सिनेमाको अधिकांश दृश्य सिक्किममा छायांकन गरिएको छ । चलचित्रले जीवन शीशा जस्तो हो भन्ने भाव बोकेको प्राप्त समाचरमा उल्लेख गरिएको छ । चलचित्रमा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाले पनि विशेष भूमिका निर्वाहा गरेको बताइएको छ।