बुधबार, बैशाख १२, २०८१

नापी विभागमा भ्रष्ट महानिर्देशक नागेन्द्र झाको रजगज ,मन्त्री र सचिव तमासे

काठमाडौं श्रावण ८,  हिन्दूवादी नेता कासी तिवारीको हत्यामा संलग्नलाई दशौ लाख घुस दिएर चर्चामा आएका भ्रष्ट र घुस्याहा छवी वोकेका नापी विभागका महानिर्देशक नागेन्द्र झाले भाद्र महिनामा हुने सरूवाका लागि आफ्ना मातहतका कर्मचारीबाट लाखौं असुल्न थालेको बुझिएके छ । नापी विभागमा  हरेक भाद्र महिनामा कर्मचारीको सरुवा गर्ने प्रावधान रहेको छ । मन्त्रालयबाट nagendra-jhaकाजमा विभाग आएका झा दुई वर्षदेखि त्यहिं छन् । मधेसवादी दल र एमाओवादीको बलियो समर्थन रहेको भन्दै झाले आफुलाई कसैले हटाउन नसक्ने भन्दै विभागमा रजगज गर्दै आइरहेको श्रोतले बताएको छ ।

स्रोतका अनुसार झा नेपाल सरकारका कर्मचारीहरु मध्ये सर्वाधिक भ्रष्ट र विवादित कर्मचारीको रुपमा चिनिन्छन् । महानिर्देशक झा अहिले भदौरे सरुवा अभियानमा टोलिनै बनाएर लागेको र जसरी भएपनि भदौको सरुवाबाट बीसौं लाख असुल्ने अभियानमा रहेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार झाले मन्त्री र सचिवलाई समेत हात लिएर काम गर्ने तयारी गरिरहेका छन् ।
सरुवाका निम्ति टोलिनै बनाएर लुट धन्धा चलाउन लागेका झाले मालदार नापी शाखामा जानेहरुको सूचि तयार पारेको र कमाइको हिसाबले कम्तीमा एक लाख देखि दुई लाखसम्म असुल्ने योजना बनाई रहेका छन् । नक्कली नागरिकता बनाई जन्म मिति सच्याएर जागिर खाईरहेको उजुरी अहिले पनि अख्तियारमा बिचाराधिन छ ।

यस वीचमा भनेको सानो भन्दा सानो अनियमिता माथि नजर राख्दै आएको अख्तियारले झाको काला कर्तुतको फाईल पल्टाउन किन अलमल गरेको हो त्यो आफैमा अचम्मको प्रसङ भएका छन । साथै झाले मन्त्री र सचिवको समेत बदनाम हुनेगरी गतिविधि गर्दा पनि भूमी सुधार मन्त्रालय मौन बस्नु भनेने थप अको आश्र्चयको विषय बनेको विभागिय कर्मचारीहरुको जिकिर रहेको छ ।

त्यसो त महानिर्देशक झा अख्तियारको कार्वाहिमा पर्ने डरले आफूलाई बचाउन विभिन्न शक्ति केन्द्रहरुसँग नधाएका भने होईनन । तर पनि अकुठ सम्पति का साथै एकातर्फ सच्याएको नक्कली नागरिकता अर्के तर्फ नक्कली शैक्षिक प्रमाणपत्र नै उनको लागि शिखन्दी सावित हुन्े लगभग पक्का रहेको स्रोतले बताएका छन ।