शुक्रबार, चैत्र १६, २०८०

नयाँ नेतृत्व चयनका लागि एमालेको पदाधिकारीतर्फ कसको मत कति ?

काठमाडौँ आषाढ ३१, एमाले नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज तेस्रो दिन पनि जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले बिहान UML_Logo_9_th_Congressमतगणनालाई निरन्तरता दिने तयारी हुँदै गरेको सम्वद्ध स्रोतले जनाएको छ । सोमवार साँझ पदाधिकारीको गणना स्थगित गरेर केन्द्रीय सदस्यको मात्र गणना मात्र अघि बढाइएको थिये । सोमवार साँझसम्मम पदाधिकारीको मतगणना तर्फ अध्यक्षका प्रत्याशी माधवकुमार नेपालले ६४० केपी शर्मा ओलीले ५९३ मत प्राप्त गरेको बुझिएको छ । त्यस्तै आज साँझसम्म पूर्ण मत परिणाम दिने गरी गणना सुरु गर्ने तयारीमा निर्वाचन समिति ले तयारी थालेको बुझिएको छ ।

  अहिलेसम्म भएको मतगणनामा पदाधिकारीतर्फ कसको मत कति ? 

अध्यक्षका प्रत्याशी माधवकुमार नेपालको ६४० मत र त्यस्तै गरि केपी शर्मा ओलीले ५९३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै गरी महासचिवमा पनि नेपाल प्यानलका सुरेन्द्र पाण्डे ओली प्यानलका ईश्वर पोखरेलभन्दा अगडि रहेको छ ।

अध्यक्ष तर्फ

माधवकुमार नेपाल- —-६४०—–केपी शर्मा ओली -५९३

उपाध्यक्ष तर्फ    

भीम रावल- ६८९                         वामदेव गौतम- ६३६

युवराज ज्ञवाली- ६८६                  विद्या भण्डारी -६२०

अष्टलक्ष्मी शाक्य-६७३                प्रदीप नेपाल ५६०

लालबाबु पण्डित-६६३                धर्मनाथप्रसाद साह-५४०

राजेन्द्र पाण्डे-६६३                       किरण गुरुङ९५७२

महासचिवतर्फ

सुरेन्द्र पाण्डे- ६६२————–ईश्वर पोखरेल-५८६

उपमहासचिव तर्फ

रघुजी पन्त-६३२—————-विष्णु पौडेल९६१९

घनश्याम भुसाल-६९४———–शंकर पोखरेल९५९१

सचिव तर्फ

गोकर्ण विष्ट-७७६                        प्रदीप ज्ञवाली-६४२

योगेश भट्टराई९६८७ ———-विष्णु रिमाल९५७२

वेदुराम भुसाल-६२९ ———–पृथ्वी सुब्बा गुरुङ-५८२

पर्शु मेघी गुरुङ-६६२———— रघुवीर महासेठ-६२९

भीम आचार्य-६६३————– केशवलाल श्रेष्ठ-५१०