मङ्लबार, बैशाख ४, २०८१

दुर्घटनामा गहतराजको मृत्यु

काठमाडौं श्रावण  ८, हेटाँैडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५०७५ नम्बरको ट्रकले हेटाँैडा–नारायणगढ सडक खण्डको थाना भ-याङमा विपरीत दिशाबाट आइरहेको ना१६प ८२ नम्बरको मोटरसाइकललाई बुधवार राति ठक्कर दिँदा मोटरसाइकल चालक दुर्गा गहतराजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालक गोरखा जिल्ला घ्याच्चोक गाविस–७ बस्ने वर्ष २७ का सुरेश दवाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।