बुधबार, बैशाख १२, २०८१

झूटो विवरण पेस गरी विद्यालयमा भष्ट्राचार गर्ने भष्ट्राचारी विरुद्ध मुद्धा दायर

काठमाडौँ श्रावण ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा झुटा विवरण पेसगरी भष्ट्राचार गर्ने विद्यायलयका अध्यक्ष, प्रध्यानाध्यापक र कर्मचारीमाथि  logoआज मुद्धा दायर गरेको छ ।

ब्रह्म प्राथामिक विद्यालय रौतहटमा २०६५/०६६ देखि २०७०/०७१ सम्म विभिन्न शीर्षकमा निकासा भएको रकम व्यवस्थापन समितिका अध्यक्ष रन्जुदेवी, तत्कालीन प्रधानाध्यापक शिवशङ्कर झा, प्रधानाध्यापक रामनरेश राय र स्रोत व्यक्ति भुवनेश्वर मिश्रले झूटो विवरण पेस गरी भष्ट्राचार गरेको भन्दै निजहरु मथि भष्ट्राचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३(१) र दफा ३(१)(च) बमोजिम विशेष अदालतमा मुद्धा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।