शुक्रबार, बैशाख १४, २०८१

घोषित नगरपालिका वातावरणीय दृष्टिले  उत्कृष्ट :उपप्रम तथा स्थानीय विकासमन्त्री सिंह 

  काठमाडौं  श्रावण् १४ , उपप्रम तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आज राजधानीमा गरेको कार्यक्रममा सहरीकरणको अवधारणा अनुरुप नयाँ नगरपालिका घोषणा गरिएको बताउँदै घोषित नगरपालिकामा सेवा ग्राहीलेपाउँनु पर्ने सेवा सुविधा र वातावरणीय दृष्टिले पनि उत्कृष्ट हुने बताउँनु भएको छ । त्यस अवसरमा उहाँले सरकार नगरपालिका राष्ट्रिय रणनीति परिमार्जनको तयारी गरिरहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा देशभरबाट आएका नगरपालिका संघका प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणी पौडेलले नगरपालिकालाई विपद् जोखिम न्यूनीकरण गर्न सुविधायुक्त बनाउनु पर्ने भन्दै विपद् व्यवस्थापन ऐन कार्यान्वयन गर्नुपर्नेमा जोडदिनु भएको उल्लेख गरिएको छ ।   तस्विर :युपी लामिछाने