शुक्रबार, चैत्र १६, २०८०

घुस लिदै गर्दाको अवस्थामा स्थानीय विकास अधिकारी भण्डारी अख्तियारद्दारा रंङगेहात पक्राउ

   काठमाडौं आषाढ ३०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला विकास समिति रौतहटका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीलाई आज  logoनियन्त्रण लिएको छ । भण्डारीलाई सेवाग्राहीसंग निजको काम मिलाइदिए बापतएक लाख २० हजार नगद घुस लिएकै अवस्थामा रङ्गेहात पक्राउ गर्दै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यसैवीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरमा घुस लिँदालिँदै तीनजना इन्जिनियर र एक जना लेखा अधिकृतलाई पनि नियन्त्रणमा लिएको छ ।  निर्माण व्यवसायीसँग घुस मागेपछि सुराककोे आधारमा टोलीले क्रममा लेखा अधिकृत ऋषिभक्त तिमल्सिना, इन्जिनियरहरू मधुप्रसाद अधिकारी, रामभद्र पण्डित र चक्रपाणि लामिछानेलाई रु दुई लाख २८ हजारघुस लिँदालिँदै को अवस्गामा नियन्त्रणमा लिएको जारी विज्ञप्तिमा जनाइएको छ ।