शनिबार, बैशाख ८, २०८१

कामपा भित्र बढ्दो दृश्य प्रदूषण रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ श्रावण ७, काठमाडौँ महानगरपालिकाभित्र बढ्दो दृश्य प्रदूषण रोक्न माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले आज सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ ।

adalat_(2)25काठमाडौँ महानगरपालिका, वातावरण तथा व्यवस्थापन विभाग, विज्ञान तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमा अधिवक्ता श्रेष्ठले महानगरपालिकाभित्र अनाधिकृतरूपमा लथालिङ्ग रहेको विज्ञापन, बोडको व्यवस्थापन सङगै शहरको फोहरमैलालाई सफा गरी सुन्दर शहर बनाउने कानुनी दायित्वप्रति काठमाडाँै महानगरपालिकालगायतका सरकारी निकाय मुकदर्शक हुदै वेवास्ता गरेको उल्लेख गरेका छन ।

त्यस्तै रिटमा अव उपरान्त शहरमा आधिकृतरूपमा रहेको विज्ञापन बोर्ड हटाउनुपर्ने, भित्तेलेखन मेट्नुपर्ने, भित्ता र विजुली तथा सिमेन्टका खम्बामा टाँसिएका पोष्टरपम्पप्लेटका विज्ञापन हटाउँनुको अलावा सडकको डिभाइडरको समुूचित व्यवस्थापन गर्न परमादेशलगायतका आदेश जारी गर्न माग गरिएको छ ।