बिहिबार, बैशाख ६, २०८१

काँग्रेसले क्रियाशील सदस्यता सिफारिसको समयसिमा तोक्यो

काठमाडौँ आषाढ २५, नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यताको सिफारिस आगामी असोज मसान्त सम्म केन्द्रमा बुझाउँन केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी बैठकले नितिगत निर्णय गर्दै यस सम्बन्धमा मातहतका सङगठनलाइ सर्कुलर गर्ने तयारी गरेको छ ।

पार्टीको १३औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको उचित व्यवस्थापनका लागि जिल्ला, क्षेत्रीय, गाउँ र वडाका अध्यक्ष हुँदै कार्यसमितिको निर्णयमार्फत मात्र गर्ने भएको बैठकपछि प्रवक्ता दिलेन्द्र वडुले जानकारी दिनुभयो ।काँग्रेसले यसअघि कायम रहेको पार्टीको क्रियाशील सदस्य सङ्ख्याको ५० प्रतिशतसम्म नयाँ सदस्यता थप गर्न अनुमति दिएको थियो ।

त्यस्तै बैठकले विपी जन्मजयन्तीे शताब्दीको अवसरमा मुलुुकभर विभिन्न कार्यक्रम गर्ने र थपिएका नगरपालिकाअनुसार पार्टीको सङ्गठनात्मक संरचना यथासम्भव छिटो विस्तार गर्नकालागि विधानअनुसार संरचना निर्माणको आधार तय गरी विस्तार गर्ने निर्णय गरेको छ ।