बुधबार, बैशाख ५, २०८१

काँग्रेसलाई एकतावद्ध बनाउन गुटबन्दी लगायतका विकारलाइ तिलाञ्जली दिनु जरुरी :कावा सभापति  पौडेल 

 सन्र्दभ: पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९१औँ जन्मजयन्ती

काठमाडौ आषाढ १८, नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९१औँ जन्मजयन्तीको अवसरमा काँग्रेस केन्द्रीय नीति ramchandar .pतथा प्रशिक्षण प्रतिष्ठानद्धारा आज रजधानीमा आयोजित स्मृति सभा एवम् मेची–महाकाली जागरण अभियान अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले काँग्रेसलाई बलियो र एकतावद्ध पार्टी रुपमा उभ्याउँन आपसी मनमुटाव गुटबन्दी लगायतका विकारहरुलाइ आजैबाट तिलाञ्जली दिदै एकताबद्ध भएर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभएको छ ।

  त्यस्तै कार्यक्रममा पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सङ्घीयता, लोकतान्त्रिक गणतन्त्रको विचारधारालाई पूरा गर्न काँग्रेस एकताबद्ध भई अन्य पार्टीलाई समेत सहमतिमा ल्याएर अघि बढ्नुको विकल्प नभएको बताउँदै निर्धारित समयमै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरिनु पनैमा जोड दिनु भएको थियो ।

त्यस्तै गरी काँग्रेस केन्द्रीय सदस्य एवम् कानुनमन्त्री , नरहरि आचार्यले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रारम्भ गरेको शान्ति प्रक्रियाको महत्वपूर्ण बिन्दु संविधान निर्माण भएकाले यसलाई सार्थक तुल्याउन लोकतान्त्रिक संविधान निर्माण गरी सबै असन्तुष्ट पक्षलाई समेटेर लैजान काँग्रेस लागिपरेको बताउनुभएको उक्त कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, सभासद् दीपकप्रसाद कुइँकेल, सभासद् एवम् काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधान,लगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु