मङ्लबार, बैशाख ११, २०८१

काँग्रेसको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ आषाढ १७, नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि को सुरु भएको अज पनि छलफल अज पनि जारी छ । बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले सरकारका गतिविधि र सरकारले हालै व्यवस्थापिका–संसदमा  प्रस्तुत गरेको nc jhandaनीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिएको केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बताउनुभयो ।

केन्द्रीय सदस्य एवम् सभासद्हरूले नीति तथा कार्यक्रममा ‘गरिबसँग विश्वेश्वर’ ‘गणेशमान शान्ति अभियान’ जस्ता महत्वपूर्ण कार्यक्रम नआएको भन्दै अपेक्षा गरेअनुसारको नीति तथा कार्यक्रम नआएको गुनासो गरेको उहाँले जानकारी दिनुभयो । लाखौँ युवालाई स्वदेशमै रोजगारी सिर्जना, ज्येष्ठ नागरिकका लागि पार्टीको घोषणपत्रमा उल्लेख भएअनुसारका कुनै कार्यक्रम नीति तथा कार्यक्रमले समेट्न नसकेकोमा केन्द्रीय सदस्य एवम् सभासद्ले गुनासो गर्दै अब ल्याइने बजेटमा संशोधन गरेर भए पनि सबै जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुुनुपर्ने माग गरेका थिए ।

आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको केन्द्रीय सदस्य एवम् सभासद्बाट विरोध भयो नि रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा केन्द्रीय सदस्य श्रेष्ठले विरोध नभई सुझाव मात्र आएको बताउनुभयो । कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा पहिलोपटक बसेको काँग्रेसको बैठकमा संयुक्त राज्य अमेरिकामा उपचाररत सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी गराइएको थियो । हिजोबाट सुरु भएको बैठकमा ३६ जना केन्द्रीय सदस्य एवम् सभासद्हरूले मात्र आफ्नो मन्तव्य राखेकाले बैठक आज पनि जारी रहेको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।