बिहिबार, चैत्र १५, २०८०

कसको प्यानलमा को-को उम्मेदवार ?

काठमाडौं आषाढ २६, एमालेको काठमाडौंमा जारी नवौं महाधिवेशनमा भावी नेतृत्वका लागि माधवकुमार नेपाल र केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सुरुमा ओली र त्यसपछि नेपालले उम्मेदवारी दर्ता गराए । ओलीको प्रस्तावक कृष्णगोपाल श्रेष्ठ छन् भने समर्थक राजन भट्टराई । नेपालको प्रस्तावक नीतेषनन्दन मिश्र र समर्थक रामकुमार भट्टराई छन् । कसको UML_Logo_9_th_Congressप्यानलमा कोको उम्मेदवार छन त ?

माधवकुमार नेपाल प्यानलको उपाध्यक्षमा युवराज ज्ञवाली, अष्लक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्रप्रसाद पाण्डे छन् भने ओली समूहबाट वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, धर्मनाथप्रसाद साह र किरण गुरुङ उपाध्यक्षमा उम्मेदवार रहेका छन ।

त्यस्तैगरि महासचिवमा ओली समूहबाट ईश्वर पोखरेल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे मैदानमा उत्रिएका छन् । दुई सदस्यीय उपमहासचिवमा ओली समूहबाट विष्णु पौडेल र शंकर पोखरेल तथा नेपाल समूहबाट घनश्याम भूसाल र रघुजी पन्त उम्मेदवार भएका छन् । पाँच सदस्यीयसचिवमा नेपाल समूहबाट गोकर्ण विष्ट, बेदुराम भूसाल, योगेश भट्टराई, भीम आचार्य र पर्शुराम मेघी गुरुङ उम्मेदवार भएका छन् । ओली समूहबाट प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल र केशलवलाल श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै खुलातर्फ केपी शर्मा ओली,बामदेव गौतम,विद्यादेवी भण्डारी,प्रदिप नेपाल,मुकुन्द न्यौपाने,किरण गुरुड,धर्मनाथ शाह,इश्वर पोखरेल,विष्णुप्रसाद पौडेल,शंकर पोखरेल,प्रदिप ज्ञवाली,पृथ्वीसुब्बा गुरुड,केशवलाल श्रेष्ठ,रघुविर महासेठ,विष्णु रिमाल,केशव वडाल,छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी,महेन्द्र पाण्डे,खगराज अधिकारी,अग्नी खरेल,कर्ण थापा,गुरु बराल,देवराज भार,देवीप्रसाद ज्ञवाली,नेत्रप्रसाद पन्थी,बिन्दा पाण्डे,भानुभक्त ढकाल,भानुभक्त जोशी,टुकराज सिग्देल,रामेश्वर फुयाँल,गोपाल शाक्य,सारदा सुवेदी,बलराम बास्कोटा,मोहनसिंह राठौर,देवेन्द्र दाहाल,आनन्द पोखरेल,रामनाथ ढकाल,सुर्य थापा,लक्ष्मण ज्ञवाली,दामोदर भण्डारी,महेश बस्नेत,राजन भट्टराई,अच्यूत मैनाली,लीला गीरि,प्रेम दंगाल,केशव पाण्डे,विनोद शाह,खुला ���ैकल्पिक,किशोर अधिकारी,युवराज बास्कोटा,खेम लोहनी,जनक पौडेल,सरेश नेपाल,माधव ढुंगेल,नवराज शर्मा लगायतका उम्मेदवार रहेका छन ।