मङ्लबार, बैशाख ११, २०८१

एमाले महाधिवेशनमा विद्युतीय मतदानका सवालमा सिर्जित विवाद कायमै

काठमाडौं आषाढ २२, राजधानीमा जारी नेकपा (एमाले) को नवौंँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका बारेमा जानकारी दिन आज मिडिया सेन्टरमा आयोजित आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति UML_Logo_9_th_Congressचयन गर्न गरिने भनिएको विद्युतीय मेसिन प्रयोगको प्रसङमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताउँनु भएको छ । सिर्जना भएको विवाद अझै कायमै रहेको छ ।

त्यस्तै उहाँले पार्टीले महाधिवेशन अगाडि नै बैठक बसेर निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय भएको बताउँदै गर्दा वरिष्ठ नेता माधव नेपाल पक्षधर समूहले भने निर्वाचनमा प्रयोग गने भनिएको विद्युतीय मेसिनप्रति हामी विश्वस्त छैनौ भन्दै मेसिन प्रयोगको सवाललाई ठाडै इन्कार गनु भएको छ ।