बिहिबार, बैशाख १३, २०८१

एमाले अध्यक्षमा वरिष्ठ नेता नेपाललाई ४४ मतले पराजित गर्दै केपी ओली निर्वाचित

काठमाडौं आषाढ ३१, नेकपा एमाले नवौं महाधिवेशनको मतगनणा केहिवेर अघि सम्पन्न भएको छ । सम्पन्न् मतगनणाको पछिल्लो परिणाम अनुसार एमालेको kp oli_20140715064012अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै ओली निर्वाचित भएको हो ।
निर्वाचनमा ओलीले १ हजार ४७ मत पाएका छन् भने नेपालले १ हजार ३ मत पाएको निर्वाचन समतिले जनाएको छ ।

त्यस्तै गरि पदाधिकारीमा पनि नेपाल र ओली समूहका बराबर ७-७ जना पदाधिकारी निर्वाचित भएका छन । उपाध्यक्षमा ओली समूहका वामदेव गौतम र विद्या भण्डारी तथा नेपाल समूहका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् भने महासचिवमा ओली समूहका ईश्वर पोखरेल निर्वाचित भएका छन् । त्यस्तै गरी उपमहासचिव
घनश्याम भुसाल बिष्णु पौडेलनिर्वाचित भए भने सचिवमा ओली समूहका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएको छ ।