शुक्रबार, चैत्र १६, २०८०

एमालेको मतगणना केहीबेरमा फेरि सुरु हुँदै, अध्यक्षमा ओलीको अग्रता कायमै

काठमाडौं आषाढ ३०, नेकपा एमालेको नयाँ नेतृत्वका लागि हिजो रातीबाट स्थगित मतगणना अहिले बिहानबाट फेरि हुने भएको छ । हिजो राती १० बजेसम्मको परिणाम अनुसार अध्यक्ष सहित पदाधिकारीमा नेता केपी शर्मा ओली समूहको अग्रता कायमै छ । अध्यक्षमा माधवकुमार नेपाल सहित उहाँको समूह केही मतले पछि रहेको छ । हिजो UML_Logo_9_th_Congressदिउँसो १२ बजेदेखि सुरु भएको मतगणना राती १० बजेस्थगित गरिएको थियो । ४ सय २२ मतगणना हुँदा ओली नेपाल भन्दा ५१ मतले अघि रहनु भएको छ ।

 अध्यक्षका उम्मेदवार ओलीले २ सय २४ र र अध्यक्षका अर्का प्रत्याशी नेपालले १ सय ७३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा केही मत खाली छन् । मतगणना ढिलो गतिमा अघि बढिरहेकाले पुरै परिणाम आउन भोलिको प्रतिक्षा गर्नुपर्ने देखिएको छ । मत गन्ने काम सकिएपनि आयोगले पदाधिकारी र सदस्यको परिणाम एकै पटक सार्वजनिक गर्ने तयारी गरेको छ ।