बुधबार, बैशाख १२, २०८१

एमालेको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँने

काठमाडौं आषाढ २६, एमालेको राजधानीमा जारी नवौं महाधिवेशनबाट नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । । निर्वाचन आयोगले आज निर्वाचन समिति द्दारा प्रकाशित निर्वाचन कार्यक्रम अनुसार भोलि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाइएको छ ।

UML_Logo_9_th_Congressप्रस्तुत निर्वाचनमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीको समूहबीच प्रतिस्पर्धा हुँदैछ । आयोगले २ हजार २ सय ७६ जना मतदाताहरुको नामावली प्रकाशित गरेको छ । दावी विरोध र त्यसमाथि छानविनपछि मतदाताको अन्तिम नामावली आज साढे ९ बजे प्रकाशित गरिने छ ।

आज १० बजेदेखि २ बजेसम्म उम्मेदवारलाई मनोनयन दर्ताका लागि समय दिइएको निर्वाचन समितिले जनाइएको छ । निर्वाचन कार्यक्रम अनुसार ३ बजे मनोनयन दर्ता सूची प्रकाशित गरिने छ । त्यसमाथि दावी विरोध र उजुरीका लागि ३ देखि साढे ३ बजेसम्म आधा घण्टा समय दिइएको छ । दावी विरोधमाथिको छानविनपछि साढे ४ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन र साढे ४ बजेदेखि साढे ६ बजेसम्म उम्मेदवारलाई नाम फिर्ताका लागि समय र साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशित गरिने आयोगद्वारा जारी सूचनामा जनाइएको छ । भोलि दिनभर निर्वाच सकिएपछि मतगणना प्रारम्भ गरिने छ ।