शुक्रबार, चैत्र १६, २०८०

एमालेका वरिष्ठ नेता नेपालले आफ्नो टिममा रहने पदाधिकारीको उम्मेदवारी घोषणा आज गदै

काठमाडौ आषाढ १८, नेकपा एमालेको विहीवारबाट सुरु हुने नवौ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी वरिष्ठ नेता  माधवकुमार नेपालले आफ्नो टिममा रहने पदाधिकारीको उम्मेदवारी घोषणा गर्ने भएको छ । नेपाल पक्षले आज प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीको नामावली घोषणाको तयारी गरेको तयारी पूरा भएको सम्वद्ध स्रोतले जनाएको छ ।
UML_Logo_9_th_Congress
ओली पक्षमा भने पदाधिकारीमध्ये उपाध्यक्ष र महासचिवमा हालका नेताहरूले नै निरन्तरता पाउन भएकाले उम्मेदवारी घोषणा कार्यक्रम महाधिवेशन सुरु भएपछिमात्रै गर्ने भएको छ । यद्यपि आज पत्रकार सम्मेलन गरेर केही महत्वपूर्ण एजेण्डाहरु घोषणा गर्ने सम्वद्धस्रोतले जनाएकोछ ।

त्यस्तै स्रोतका अनुसार एमालेमा दुबै पक्षले अध्यक्ष झलनाथ खनाल निकट तथ केही तटस्थ महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा पार्ने योजना पनि बनाइरहेका छन् । त्यसैका लागि नेपाल पक्षले नयाँ वानेश्वरको एक होटलमा प्रशिक्षण दिइरहेको छ भने ओली पक्षले वानेश्वरकै अल्फाविटा र पुतलीसडकको सम्पर्क कार्यालयमा प्रतिनिधिहरुको छलफल पनि चलाइरहेको बुझिएको छ ।