बुधबार, बैशाख १२, २०८१

एमाललेको नवौं महाधिवेशन भृकुटीमण्डपमा सुरु, रोबर्टमा जडान गरिएको पानसमा दीप प्रज्जवलन,एमाले कार्यकर्ताहरुले गरे स्वातगतद्वार तोडफोड र आगजनी

काठमाडौं आषाढ १९, नेकपा एमाललेको नवौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनको उद्‌घाटनसत्रमा images-cms-image-000008589प्रमुख दलका शीर्ष नेताहरू सहित सात देशका २१ प्रतिनिधि सहभागी भएका छन्। पार्टी अध्‍यक्ष झलनाथ खनालले रोबर्टमा जडान गरिएको पानसमा दीप प्रज्जवलन 10527599_10201205367096343_5969676037408447958_nगरेर महाधिवेशनको उद्‌घाटन गर्दै गर्दा यता महाधिवेश स्थल प्रवेशद्धार अर्थाथ भृकुटी मण्डपको मूल गेटमा प्रवेश नपाएको भन्‍दै एमाले कार्यकर्ताहरुले स्वातगतद्वार तोडफोड र आगजनी गरेका थिए ।

उनीहरुले उद्‌घाटन सत्रमा आफूहरुलाई प्रवेश नदिएको भन्‍दै गृहमन्त्री एवं उपाध्यक्ष वामदेव गौतम र महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक ईश्‍वर पोखरेलविरुद्ध चर्कोनाराबाजी गर्दै एमालेको ब्यानर जलाइने कामसमेत गरेपछि व्यापक रुपमा पुलिस फोर्स परिचालन गर्दै भिड नियन्त्रण गर्ने असफल प्रयास गरेका थिए । त्यस पछि भिडले सभागृहमा चार वटा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हेर्ने मिलाइएको तार समेत चुडाइ दिएका छन।

एमाललेको महाधिवेशनको  उद्‌घाटनसत्र दुई हजार तीन सय २५ प्रतिनिधि सहभागी भएका छन ।