शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीले प्रगतिशील संविधान निमार्णका लागि सहकार्यको निति अख्तियार गर्ने

एमाओवादी स्थायी समिति बैठक:

काठमाडौ आषाढ २२, एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले जन अपेक्षाअनुसार आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न हदैसम्मको लचकता अपनाउने निर्णय गदै प्रगतिशील संविधान बनाउनका लागि राजनीतिक एजेन्डा मिल्ने दलहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

Maoist_20140628024705पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको उक्त बैठकले यस्ते निण गरेको हो । त्यस्तै बैठकमा पार्टीको राजनीतिक कार्यदिशा र कार्यनीतिमा एकरुपता कायम गर्दै जनसङ्र्घष र जनपरिचालनलाई विशेष जोड दिनुपर्ने विषयमा समेत नेताहरुले धारणा राख्नुभएको बुझिएको छ।

केन्द्रीय समितिले पारित गरेको अन्तरसङ्घर्ष सञ्चालनको आठबुँदे कार्यविधिको उल्लङ्घन भएको भन्दै भट्टराई पक्षको आलोचना गर्दै नेता भट्टराई पक्षले मकवानपुर, सिन्धुली र डोटीमा समानान्तर जिल्ला समिति बनाएको प्रसङमा पनि छलफल भए पनि विवाद समाधान गर्ने सन्दर्भमा कुनै ठोस निर्णय नभएको सम्वद्ध स्रोतले जनाएको छ ।