बिहिबार, बैशाख १३, २०८१

एमाओवादीद्दारा मन्त्रालयको प्रारुपमा गठित कुन विभागको जिम्मेवारीमा को ?

काठमाडौ श्रावण ६, एनेकपा(माओवादी)को पाटी मुख्याललयमा सोमवार बसेको स्थायी समितिको बैठकलले विभिन्न विभागहरू गठन गरेका छन । पार्टी भित्र र वाहिरको maoist-office_20140224091425गतिविधिको समन्वय गर्नका लागि भन्दै एमाओवादीले क्रमस योजना तथा अर्थ विभाग, राज्य व्यवस्था तथा सुरक्षा, सामान्य प्रशासन, शिक्षा, जलस्रोत तथा ऊर्जा,स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, पर्यटन तथा नागरिक उड्डयन, कृषि तथा भूमिसुधार, सङ्घीय मामिला तथा स्थानीय विकास, युवा तथा खेलकुदमा , श्रम तथा रोजगार, विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा सञ्चार,उद्योग वाणिज्य तथा आपूर्ति लगायतका विभागहरु गठन गरेका छन ।

छाँया सरकारको अनुभूति सहजै गर्न सकिने गरि एमाओवादीद्दारा नवगठित विभागको संरचना निम्नानुसारको रहेको छ । केन्द्रिय सङ्गठन तथा अनुगमन विभागमा पोष्टबहादुर बोगटी,संविधान मस्यौदा तथा सुझाव समिति तथा अन्तर्राष्ट्रिय विभागमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रचार–प्रसारमा कृष्णबहादुर महरा, आर्थिक विभागमा हरिवोल गजुरेल, सहकारी विभागमा शक्तिबहादुर बस्नेत र त्यस्तै गरि योजना तथा अर्थ विभागको जिम्मा पूर्व अर्थमन्त्री वर्षमान पुन, राज्य व्यवस्था तथा सुरक्षा विभागको जिम्मा जनार्दन शर्मालाई दिइएको छ । यस्तै सामान्य प्रशासन विभागमा सुरेन्द्र कार्की, शिक्षामा अग्निप्रसाद सापकोटा, जलस्रोत तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामा गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा टोपबहादुर रायमाझी, पर्यटन तथा नागरिक उड्डयनमा लोकेन्द्र विष्ट मगरलाई जिम्मा दिइएको छ ।

कृषि तथा भूमिसुधारमा गजुरेल, सङ्घीय मामिला तथा स्थानीय विकासमा रामचन्द्र झा, सामाजिक न्यायमा सन्तु दराई, कानुन न्यायमा प्रभु साह, युवा तथा खेलकुदमा चक्रपाणी खनाल, श्रम तथा रोजगारमा लेखराज भट्ट, विज्ञान, प्रविधि तथा वातावरणमा कल्पना धमला, सूचना तथा सञ्चारमा दीनानाथ शर्मा, गैरसरकारी सङ्घ तथा संस्थामा सत्या पहाडी, उद्योग वाणिज्य तथा आपूर्तिमा महेन्द्र पासवान, दलित र साहित्य तथा संस्कृतिमा विश्वभक्त दुलाल, महिलामा हिसिला यमी, वन तथा भूसंरक्षणमा धनीराम पौडेल, सहिद, बेपत्ता तथा घाइतेमा हितराज पाण्डे र राष्ट्रिय मुक्ति मोर्चामा गोपाल किराँतीलाई जिम्मा दिइएको छ ।