शुक्रबार, चैत्र १६, २०८०

एन्फालाई कुनै पनि काम कारबाही नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौँ श्रावण ११, व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिको बैठकले एन्फाका अध्यक्ष गणेश थापाले अनधिकृत रुपमा रकम आर्जन गरेको र खेलाडीको anifaउन्नती र प्रगतिमा कुनै पनि लगानी नगरेको भन्दै उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरलगायतले दिएको उजुरी माथि सम्बोधन गर्दै समितिले अखिल नेपाल फुटबल सङ्घ(एन्फा)लाई कुनै पनि काम कारबाही नगर्न निर्देशन दिएको छ ।

यसअघि लेखा समितिको श्रावण गते बसेको बैठकले एन्फालाई तीन दिनभित्र विगत पाँच वर्षको हरहिसाब पेस गर्न निर्देशन दिएको थियो ।  एन्फा विवाद अन्र्तगत कतार फुटबल सङ्घका अधिकारी मोहम्मद विन हमामले पठाएको रकम थापाका छोरा सौरभ थापाको खातामा जम्मा भएको आएको र सो रकममा व्यापक अनियमितता हुनुको अलावा एन्फाका आडमा अध्यक्ष थापाले ब्रम्हलुट गर्दै आएको उजुरी कर्ताको दावी रहको छ