बुधबार, बैशाख १२, २०८१

उपत्यकाका पत्रकारहरु रिले अनसनमा

काठमाडौँ आषाढ २३, सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत रकम बढाउने घोषणाको तत्काल कार्यान्वयन  एवम समानुपातिक विज्ञापन नीतिलाई लागू  र अदालतको अवहेलना विद्येयक फिर्ताको माग गर्दै    आषाढको दोस्रो साता देखि fnj_20140707050019 चरणवद्ध आन्दोलनमा होमीएका नेपाल पत्रकार महासङघ अन्र्तगत उपत्यकाका तिनैै वटा शाखा क्रमस काठमाडौं ,भक्तपुर ललितपुरद्दारा गठित संयुक्त संघर्ष समितिको आहृवानमा आज विहान नौ बजेबाट वाट प्रस्तुत मागको कार्यान्वयनका लागि रिले अनसन सुरु गरेको छ ।

सरोकारवाला निकाय सञ्चारग्राम स्थित सूचना विभागको मूल ढोकामा तालाबन्दी सहित रिले अनसनमा महासङ्घका केन्द्रीय सदस्य एवम् उपत्यका संयोजक ईश्वरी वाग्ले,अर्का केन्द्रीय सदस्य रामहरि सिलवाल , महासङ्घ काठमाडौँ, ललितपुर र भक्तपरका शाखा अध्यक्ष

गोविन्द चौलागाईं,  लेखनाथ न्यौपाने र अध्यक्ष अमर भुजु त्यस्तै गरी काठमाडौं शाखाका उपाध्यक्ष श्रीजन झा ,सचिव राकृष्ण अधिकारी कोषाध्यक्ष सीता पोखरेल लगायत उल्लेख्य केन्द्रीय प्रतिनिधीहरु विष्णु प्रशाई , विजय विस्फोट,एकराज दाहाल , भरत लामिछाने , रामचन्द्र हुमागाइ , विकल श्रेष्ठ, रमेस खड्का राजेन्द्र बैद्य, देवेन्द्र चुडाल,पूर्ण कार्की सहितआठ दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको छ ।


यसैवीच नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका महासचिव उजिर मगरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारले वृद्धि गर्ने भनिएको लोककल्याणकारी विज्ञापनको २५ प्रतिशत रकम हालसम्म भुक्तानी नगरिएकाले तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै विज्ञप्तिमा बजेट वक्तव्यमा समेत उल्लेख भईसकेको विसं। २०७० साउनदेखि वृद्धि भएको लोककल्याणकारी विज्ञापनको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरी पत्रकारहरूको समस्या समाधान गर्नसमेत आग्रह गरेको छ ।उक्त वृद्धि रकम तत्काल भुक्तानी गरी समस्या समाधान गर्न महासङ्घले सूचना तथा सञ्चारमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्दा तत्काल समाधान गर्ने आश्वासन दिइए पनि त्यसको सम्वोधन अझै नभएकोमा आपत्ति जनाएको छ ।