बुधबार, बैशाख १२, २०८१

इमेल आ.डी कोे पासवर्ड चोरी गर्ने गौतम सिवीआईको फन्दामा

काठमाडौँ आषाढ २३, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले इमेल ठेगानाको पासवर्ड चोरी गरी विभिन्न ग्राहकलाई अनाधिकृत व्यवसायिक फाइदा लिने कार्य गर्दै आएका अवेश गौतमलाई आज पक्राउ गरेको छ ।

CBI-Nepal-Police_20140701083027 आईडिएल नेपाल ट्राभल्स प्रालि दरबारमार्गको इमेल ठेगाना Info@nepaltravelsonline.comको पासवर्ड चोरी गरी सोको दुरूपयोग गरी आईडिएल नेपाल ट्राभल्स प्रालिका विभिन्न ग्राहकलाई लाभ पु-याउने मनसायले सो कार्य गरेको र विद्युतीय कारोवार ऐन २०६३ मा उल्लेखित कसुर अपराधमा संलग्न उक्त कम्पनीका पूर्व कर्मचारी तथा नेपाज् हेरिटेज ट्राभल्स एण्ड टुर प्रालिका वर्तमान सञ्चालक गौतमलाई पक्राउ गरिएको व्यूरोले जनाएको छ ।  काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने २७ वर्षीय निज गौतमलाई पक्राउ गरी निजको कम्प्युटर, ल्यापटपका सामान फेला पारी परीक्षण पश्चात् आवश्यक कानुनी कारबाहीको लागि जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलमा पेश गरिएको छ ।

यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई विद्युतीय कारोवार ऐन २०६३ अनुसार तीन वर्षसम्म कैद वा रु. दुई लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।