शुक्रबार, चैत्र १६, २०८०

आर्थिक ऐन २०७१ ले गरेका विशेष व्यवस्थाबारे छलफल

काठमाडौँ श्रावण २,  आन्तरिक राजस्व विभागले हिजोदेखि लागू भएको आर्थिक ऐन २०७१ ले गरेका विशेष व्यवस्था तथा आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क RamSaranMahatऐनमा गरिएका संशोधनबारे जानकारी गराउने उद्देश्यले आज यहाँ एक छलफल कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको लक्ष्य हासिल गर्नेतर्फ लाग्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिँदै कर छली र चुहावट नियन्त्रणमा सक्रिय रहन आग्रह गर्नुभयो ।

सरकारी कोषबाट रकम लिने हरेक नागरिकलार्ई अनिवार्य रूपमा व्यक्तिगत लेखा नम्बर (प्यान)मा दर्ता गर्ने व्यवस्था गर्न निर्देशन दिँदै अर्थमन्त्रीले सूचना प्रविधिको प्रयोगले कर चुहावटका सम्भावना विस्तारै घट्दै जान थालेकाले त्यसलाई अझ प्रभावकारी बताउनुपर्नेमा जोड दिनुभयो । ‘यस वर्षबाट कर सेवा कार्यालयहरूलाई पनि लेखा परीक्षण गर्ने अधिकार दिइएकाले त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ । लेखा परीक्षण गर्ने अधिकार जति बढ्दै जान्छ, राजस्व उठ्ने सम्भावना पनि बढ्दै जान्छ ’–उहाँले भन्नुभयो ।

अर्थसचिव युवराज भुसालले लक्ष्य पु-याउनु नै कर प्रशासनको मुख्य दायित्व भएकाले त्यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउँदै आन्तरिक स्रोतलाई बढीभन्दा बढी परिचालन गर्नुपर्ने तथा देशको आम्दानीले खर्च धान्नु पर्ने वास्तविकता नबिर्सन विभागका कर्मचारीलाई सजग गराउनुभयो । कार्यक्रममा महालेखा नियन्त्रक शङ्करप्रसाद अधिकारी, आन्तरिक राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्म��, अर्थ मन्त्रालयका सहसचिव राजन खनाल, सम्पत्ति शुद्धीकरण विभागका प्रमुख चुडामणि शर्मा, राजस्व अनुसन्धान विभागका प्रमुख खुमराज पुञ्जाली, भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले राजस्व सङ्कलनको काम इमानदारीपूर्वक गर्नुपर्ने बताउनुभयो ।