बिहिबार, बैशाख १३, २०८१

आजबाट गुँला पर्व सुरु

काठमाडौं श्रावण ११, उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध IMG_3018sjh_event_ gunla_2071धर्मावलम्बीले बिहान सबेरै बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै मन्दिर तथा विहार परिक्रमा गर्दछन् ।

IMG_3009sjh_event_ gunla_2071वौद्ध धर्मका ज्ञताहरुका अनुसार गुँला पर्वको अवसरमा कामपा वडा न.१५ स्थित स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्य सेवा गर्ने चलन थियो । त्यही सेवालाई अहिले गुँला धर्म प्रचलनमा आएकोबताईन्छ ।

त्यस्तै प्रस्तुत धर्मका सम्बन्ध्मा भाषा वंशावलीका अनुसार राजा विक्रम देवले बौद्ध अनुयायीका लागि साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा चलाएको उल्लेख गरिएको बताएका छन ।