मङ्लबार, बैशाख ४, २०८१

अस्पताल आफै बिरामी, चिकित्सकहरूको आन्दोलन जारी

काठमाडौँ श्रावण १२, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान( न्याम्स)अन्तर्गत आवासीय चिकित्सक सङ्घले वीर अस्पताललाई आज ‘बिरामी अस्पताल’ घोषणा गर्दै आफ्नो bir hospatilआन्दोलन जारी राखेका छन् । आन्दोलनको क्रममा सङघले अस्तपालमा बिग्रिएको सिटी स्क्यान, एमआरआई, एक्सरे र भिडियो मेसिन मर्मत गर्नुपर्ने, न्याम्सको कुलपति, रजिष्ट्रार र रेक्टरको नियुक्ति लगायतका माग प्रस्तुत गरेका छन ।

डा। मङ्गल रावलले आफ्नो आन्दोलन बिरामीका असुविधाका लागि होइन, वीर अस्पतालको सुधारका लागि हो भन्नुभयो । विगत चार महिनादेखि न्याम्समा पदाधिकारीहरू रिक्त रहेको छ भने विगत दश वर्षदेखि दीक्षान्त समारोह हुन सकेको छैन ।  आन्दोलनरत चिकित्सक सङ्घ अध्यक्ष डा। मङ्गल रावलले पटक पटक वीर अस्पतालको सुधार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मेडिकल काउन्सिललगायत सम्बन्धित निकायमा ध्यानकर्षण गराउँदा पनि कुनै सुनवाइ नएको भन्दै आफुहरु बाध्यध भएर आन्दोलनमा होमिनु परेको बताउँनु भएको छ ।