मङ्लबार, बैशाख ११, २०८१

अवैध हातहतियार तथा खरखजाना बुझाउन गृहको उर्दी

काठमाडौँ श्रावण ५, गृह मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी आफूसँग भएको अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा निर्धारित समयावधिभित्र home ministry_20140512091923बुझाउन सर्वसाधारण जनतासँग अनुरोध गरेको छ ।

मन्त्रालयले विज्ञप्तिमा प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरू कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए त्यस्ता व्यक्तिलाई आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन पाउने गरी सरकारले २०७१ साउन २ को निर्णयअनुसार विशेष व्यवस्था गरेको जनाएको छ ।

त्यस्तै मन्त्रलयको अग्रहलाइ वेवास्ता गरि अवैध हातहतियार राखिएको फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरासमेत विज्ञप्तिामा उल्लेख गरिएको छ ।