शुक्रबार, बैशाख १४, २०८१

अर्जेन्टिनालाई १-० को गोल अन्तरमा पराजित गर्दै जर्मनीले चुम्यो चौथौं पटक विश्वकप

काठमाडौं आषाढ ३०, विश्वकप फुटवल महासङग्रामको २० अ‍ौं संस्करण गएराती जर्मनीले १-० को गोल अन्तरमा अर्जेन्टिनालाई पराजीत गरेसङगै समाप्त भएको छ । जर्मनीका सब्स्टिच्युट खेलाडी मारियो गोत्जेले अतिरिक्त समयमा गोल गरेपछि फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक रह्यो । दुवै टिम आक्रमक देखिए । तर, गोल भने भएन । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेका थिएनन । त्यस्तै अथक प्रयासका वावजुद पनि हिजोको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी र सर्जियो पालासियोले गोलका स्वणिर्म अवसर उपयोग गर्न नसकेपछि अर्जेन्टिना पारजित मात्र भएनन १९५४,  १९७४ र १९९० का विश्वकप विजेता जर्मनी चौथौं पल्ट विश्व विजेता बन्ने अवसर जुर्रयो । तस्विर एजेन्सी