मङ्लबार, बैशाख ११, २०८१

अभिनेत्री कार्कीलाई कार्बाहीको माग

काठमाडौं श्रावण ७, अभिनेत्री प्रियंका कार्कीविरुद्ध चलचित्र पत्रकार संघमा उजुरी दर्ता भएको छ । पत्रकारलाई लान्छना लगाउने प्रकरणमा सञ्चारकर्मी जीवन पराजुलीले प्रियंकालाइ कार्वाही हुनुपर्ने माग सहित सोमबार उजुरी दर्ता गरेका हुन् । राजधानीको अनामनगरस्थित संघको कार्यालयमा दर्ता नम्बर १२४ मा उजुरी दर्ता गरिएको छ । priyanka-karkiसंघका महासचिव सन्दिप सापकोटाले उनी बिरूद्ध उजुरी दर्ता भएको बताएका छन । उनले प्रियंकालाई माफी मगाउन लगाउने वा कार्वाही गर्ने भन्ने बारेमा मंगलबार बस्ने कार्यसमितिको बैठकले निर्णय गर्ने पनि बताएका छन ।

यस उजुरीका बारेमा संचारकर्मी पराजुलीले पत्रकारलाई गाली गलौज र झुट आरोप लगाएको कारणले अहिले यो उजुरी दर्ता गर्नु परेको बताएका छन । उनले दर्ता गरेको उजुरीमा पत्रकारिता जगतलाई नै दुर्गन्धित गर्ने मनासय लुकेका कारण कार्वाहीको माग राखेको जनाइएको छ । गएको साता नाइँ नभन्नु ल २ को सक्सेस पार्टीका क्रममा अभिनेत्री प्रियंकाको वार्डरोव मलफङ्सन सम्बन्धमा एउटा समाचार तथा तस्विर मिडियामा प्रकाशित भएको थियो । यसको सातापछि प्रियंकाले पत्रकारलाई होच्याउने खालको अश्लिल शब्दसहित फोटोसपबाट बनाइएको दाबी सहितको एक फेसबुक स्टाटस पोस्ट गरेकी थिइन् । उक्त स्टाटस लेखेर एडिट गर्दै उनले स्टाटसलाइ हटाएकी थिइन् । उक्त स्टाटसलाई अभिनेत्री केकी अधिकारीले पनि लाइक गरेकी थिइन् । संघका महासचिव सापकोटाले भने अब लाइक गर्ने अभिनेत्री अधिकारीलाई पनि कार्वाही प्रक्रियामा तान्ने बिषयमा छलफल गरिने बताएका छन ।  <oh.entertaitment@gmail.com>