मङ्लबार, जेष्ठ २३, २०८०

३३ दलीय मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रम कोइरालाले भने विरोधका कार्यक्रम नर्गनुस

काठमाडौँ श्रावण १५, राष्ट्रिय हितविपरीतका सन्धिसम्झौता नगर्न माग गर्दै ३३ दलीय मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले pm-koirala14भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे आसन्न नेपाल भ्रमणको क्रमम्मा विरोधका कार्यक्रम नर्गन ३३ दलीय मोर्चालाई अनुरोध गर्नुभएको बताउँदै त्यस्तै प्रम कोइरालाले आसन्न भारतीय प्रधानमन्त्रीको भ्रमणलाई विकासको लागि सक्दो उपयोग गर्नुपर्नेमा जोड दिनुभएको प्रेस संयोजक प्रकाश अधिकारीले जनाउँनु भएको छ ।

त्यस्तै ज्ञापनपत्र बुझाएर फर्केका मोर्चाका संयोजक देवप्रसाद गुरुङले प्रम कोइरालालाई भारतसँग कुनैप्रकारको सन्धिसम्झौता नगर्न आग्रह गरेको र गर्नै परे सर्वदलीय सहमतिमा राष्ट्रहित अनुकूल हुनेगरी मात्रै गर्न र सन् १९५० को सन्धि खारेज गर्नुपर्नेलगायतका मागमा आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोे जानकारी दिदै प्स्तावित विरोधका कायक्रमका सम्बन्धमा भने छलफलबाट निष्कष निकालिने बताउँनु भएको छ ।